logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • काग सम्मेलन गरी संसद भवन घेर्ने सोच छ: दुलाल

    काग सम्मेलन गरी संसद भवन घेर्ने सोच छ: दुलाल

    4K
    Shares
    काग सम्मेलन गरी संसद भवन घेर्ने सोच छ: दुलाल

    काठमाडौं । काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ ।

    काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै कलाकार रमेश दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाई र युवाहरुलाई अवसर भन्ने रहेको बताए । उनले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणटहिटीमा ठूलो कार्यक्रम गर्ने बताए ।

    उनले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको बताए । उनले भने– ‘यसपालि बुढापाका नेताहरुलाई घरमै आराम गर्ने सन्देश दिन्छु । युवाहरुको जोश, जाँगरमा ध्यान दिनुपर्छ भन्ने सन्देश । २० वर्षमा ठूलो कार्यक्रम गर्ने सोच बनाएको छु । संसद भवन कागले अवरोध गर्ने भन्ने सोच बनाइरहेको छु । सिंहदरबार पनि घेर्ने सोच छ । अब केही समयपछि संसद भवन घेराउन गर्नुपर्छ ।’

    यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिवाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए । दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए ।

    दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend