logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • तिहारमा ९० प्रतिशत माला स्वदेशी

    तिहारमा ९० प्रतिशत माला स्वदेशी

    3.2K
    Shares
    तिहारमा ९० प्रतिशत माला स्वदेशी

    काठमाडौं । अधिकांश कृषिजन्य वस्तुमा नेपाल परनिर्भर भैरहेको अवस्थामा नेपाल मालामा आत्मनिर्भरताको बाटोमा अघि बढेको छ । नेपालीले तिहार (भाइटीका) मा लगाउने करिब ९० प्रतिशत माला स्वदेशी उत्पादन रहेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

    विगतमा ठूलो संख्यामा विदेशी माला आयात हुने गरेकोमा क्रमशः स्वदेशी उत्पादन बढेपछि आयात प्रतिस्थापन भएको हो । मुलुक फूलमा करिब आत्मनिर्भर हुने क्रममा रहेको छ । भाइटीका (तिहार) मा करिब २४ लाख माला बिक्री हुने अनुमान छ ।

    करिब ३ लाख माला मात्र विदेशबाट आयात हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले बताए । मुलुक फूल मालामा क्रमशः आत्मनिर्भर हुँदैछ, तामाङले भने, यो वर्षको तिहारमा बिक्री हुनेमध्ये ९० प्रतिशत स्वदेशी हो ।

    फ्यानका अनुसार घरायसी प्रयोजनका लागि लगाइएको फूल र मालाको विवरण यसमा समावेश गरिएको छैन । तिहारमा मखमली र सयपत्री मालाको माग उच्च हुन्छ । यो समाचार नागरिक दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend