logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मौसमः पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना

    मौसमः पूर्वी नेपालमा चक्रवातको आंशिक प्रभाव, आज यी क्षेत्रमा वर्षाको सम्भावना

    1.5K
    Shares

    काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातको प्रत्यक्ष असर भने छैन ।

    यसबाहेक मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

    आज प्रदेश १, बागमती र गण्डकीमा आंशिक देखि सामान्य बदलीको सम्भावना छ, बाँकी प्रदेशमा मौसम सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    राति पनि ती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने आकलन गरिएको छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend