काठमाडौं । युवाहरूको ठूलो संख्याले फलो गरेको एमआरआर (मेन्स रूम रिलोडेड) ग्रुपलाई फेसबुकले निष्कृय बनाइदिएको छ।
कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै फेसबुक सञ्चालक संस्था मेटाले एमआरआर ग्रुपलाई निष्कृय बनाइदिएको हो।
फेसबुकले आफूहरूको ग्रुपलाई कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको उक्त ग्रुप सञ्चालकले पोस्ट गरेर जानकारी गराएका छन्।
‘फेसबुकले हाम्रो ग्रुप एमआरआरलाई फेरि पनि कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको आरोपमा निष्कृय गरेको छ,’ एमआरआरकै पोस्टमा उल्लेख छ, ‘निष्कृय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट छैन पनि भनिएको छ।’