logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै

    माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै

    2.5K
    Shares
    माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै

    काठमाडौं । सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी तथा विपक्षी राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छन् । माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे र एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् ।

    माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय महत्वका साथ उठाएको छ । माओवादी पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्रमा शासकीय स्वरूप परिवर्तनको विषय मुख्य रूपमा उठान गरिएको छ ।

    राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिने र नयाँ आयोजना थालनी गर्ने विषय पनि घोषणापत्रमा उल्लेख गरीएको माओवादीले जनाएको छ । त्यस्तै शिक्षा र स्वास्थ्यमा परम्परागत शैलीलाई बदल्ने माओवादीले जनाएको छ । नीति तथा कार्यक्रममा समावेश गरेर काम गर्ने गरी घोषणापत्र तयार पारिएको माओवादीले जनाएको छ ।

    एकीकृत समाजवादीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ मूल नारा तय गरेको छ । घोषणापत्रमा शिक्षा र स्वास्थ्यमा जोड दिइएको बुझिएको छ ।

    राप्रपाले पनि आज घोषणापत्र सार्वजनिक गर्दैछ । बिहान साढे ११ बजे अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौंस्थित बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार जनताबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्था, भ्रष्टाचार रोक्ने र सम्पत्ति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता विषय घोषणापत्रको प्राथमिकतामा छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend