आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

तिहारपछि खुलेको नेप्से १६.३९ अंकले वृद्धि

तिहारपछि खुलेको नेप्से १६.३९ अंकले वृद्धि

तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ । तिहारअघि १४ अंकले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमवार १६ अंकले बढेको हो ।

सोमवार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएर १८७४.८७ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५६ प्रतिशतले बढेको छ ।

सोमवार कारोबारमा आएका २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन ।

नेप्सेका १३ उपसमूह मध्ये १२ उपसमूहको सूचक बढेको छ भने एक उपसमूहको सूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको १.५९ प्रतिशत,बैकिङ १.५२ प्रतिशत र व्यापार उपसमूहको १.१४ प्रतिशतले बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने ०.३९ प्रतिशतले घटेको छ ।

नेप्से परिसूचक बढेसँगै सोमवार सोमवार सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको मूल्य ८.२४ प्रतिशत बढेको छ भने साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७.०७ प्रतिशत र एनआईसी एशियाको ६.८० प्रतिशत बढेको छ ।

तर यता अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१६ प्रतिशत घटेको छ । आज एनआईसी एशिया बैंकको ६ करोड १७ लाख २१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend