logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ : ओली

    निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ : ओली

    5.9K
    Shares
    निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्छ : ओली

    दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । उनले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताए ।

    झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीले आज आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिका– ३ क्याम्पामा आयोजित चुनावी भेलालाई संवोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

    नजिकिएको निर्वाचनले देशमा परिवर्तन चाहने शक्तिको जीत हुने बताउँदै ओलीले भने- ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ ।’

    अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को सरकार बन्ने उनको दावी थियो । उनले आज नै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend