logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • प्रतिगामी शक्तिलाई पराजित नगरे लोकतन्त्र गुम्ने खतरा छ : बाबुराम भट्टराई

    प्रतिगामी शक्तिलाई पराजित नगरे लोकतन्त्र गुम्ने खतरा छ : बाबुराम भट्टराई

    4.3K
    Shares

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरुको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकाले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे । जनताका आकंक्षाहरु दिनप्रतिदिन बढीरहेकाले त्यसलाई पूरा गर्न गठबन्धन बनेको उनको दाबी छ । अध्यक्ष भट्टराईले मंसिर ४ को निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक ढंगले धक्का दिने उल्लेख गरे ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नबसेको उल्लेख गर्दै भट्टराईले आफूले माओवादीसँग सहकार्य गरिरहेको जिकिर गरे।
    लोकतान्त्रिक गणतन्त्रको जरो राम्रोसँग नगडेसम्म र विकास र समृद्धिको न्युनतम आधार तयार नभएसम्म माओवादीहरु मिलेर सहकार्य गर्नुको विकल्प नरहेकोपनि उनको भनाई थियो ।

    अध्यक्ष भट्टराईले आफ्नो लक्ष्य नेपालीको विकास, समृद्धि र खुशीयाली भएको दाबी गर्दै समृद्धि र विकासको काममा पनि गोरखाले नै अग्रणाी भुमिका खेल्ने जिकिर गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend