logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • मन्त्रालय घटाएर केन्द्रमा १५ र प्रदेशमा ५ मात्रै राख्न संसदीय विशेष समितिको सुझाव

    मन्त्रालय घटाएर केन्द्रमा १५ र प्रदेशमा ५ मात्रै राख्न संसदीय विशेष समितिको सुझाव

    7K
    Shares
    मन्त्रालय घटाएर केन्द्रमा १५ र प्रदेशमा ५ मात्रै राख्न संसदीय विशेष समितिको सुझाव

    काठमाडौं । राष्ट्रियसभाको एक विशेष संसदीय समितिले संघीयताको दिगो कार्यन्वयन गर्ने हो भने संघ र प्रदेशका मन्त्रालयको संख्या घटाएर मितव्ययी शासन सञ्चालन गर्न सुझाव दिएको छ ।राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति अन्तर्गत संघीयता अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले अध्यक्ष गणेश तिमल्सिनालाई बुझाएको प्रतिवेदनमा संघीय सरकारका १० वटा मन्त्रालय घटाउन सुझाव दिएको छ ।

    प्रतिवेदनमा संघीय सरकारमा बढीमा १५ मन्त्रालय बनाउन र प्रदेशहरूमा ५ देखि १० मन्त्रालयभन्दा नराख्न सुझाव दिएको समितिका संयोजक डा.खिमलाल देवकोटाले जानकारी दिए । प्रतिवेदन बुझाउने क्रममा मुख्य सचिव शंकर वैरागीसहित अधिकांश मन्त्रालयका सचिव र उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend