logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • राजनीति व्यवसाय र पेशा होइन, सेवा हो : मन्त्री कार्की

    राजनीति व्यवसाय र पेशा होइन, सेवा हो : मन्त्री कार्की

    5.1K
    Shares
    राजनीति व्यवसाय र पेशा होइन, सेवा हो : मन्त्री कार्की

    विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन प्रतिस्पर्धात्मक भए पनि यसलाई उत्सवका रूपमा लिनुपर्ने बताएका छन् । सुनसरीको भोक्राहा गाउँपालिका–१ स्थित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘जहिले पनि जनताको चाहना र आवश्यकतालाई शिरोधार्य गरेर काम गरिरहेको छु । सामाजिक एकतालाई धमिल्याउने र विखण्डता ल्याउने विचार पोख्ने नेता तथा दलसँग सावधान रहनुपर्छ ।’

    सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले भूमिहीनहरूको आवाजलाई मुखरित गर्न र लोकतन्त्रका लागि आफूले जेल जीवन बिताएको प्रसङ्ग उल्लेख गरे । उनले भने, ‘राजनीति मेरा लागि व्यवसाय र पेशा होइन, सेवा हो ।’ मन्त्री कार्कीले खोक्रो र झुट्टा आश्वासनले राजनीतिक संस्कार नबस्ने भन्दै आफूले गर्न सक्ने कुरा मात्र बोलेको स्पष्ट पारे । आफ्नो निर्वाचन क्षेत्रमा आइटीसँग जोड्ने गरी स्मार्ट विद्यालय सञ्चालनमा ल्याउने उनको प्रतिबद्धता छ ।

    निर्वाचन क्षेत्र नं ४ (२) का उम्मेदवार हाजी डा इस्राइल मन्सुरीले समाज र राष्ट्रको मुहार फेर्न गठबन्धन दलका उम्मेदवारले जित्नुपर्ने बताए । उनले जनताले कसैको बहकावमा नलागी सच्चा र इमान्दार उम्मेदवारलाई जिताउन सकेमा मात्र यस क्षेत्रको सोचेअनुसारको विकास हुने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend