आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रधानमन्त्री भन्छन्- महाकालीमा पुल बनाउने विषयमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको छ

प्रधानमन्त्री भन्छन्- महाकालीमा पुल बनाउने विषयमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएको छ

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदीमा पुल बनाउने विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको भएका छन् ।

आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने ‘पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ’, उनले भने, ‘त्यहाँ सम्भाव्यता अध्ययन गर्छौैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।’

डडेल्धुराका जनताले मत दिएर सहयोग गरेर आफू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल, भित्रि मधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने प्रतिबद्धता जाहेर गरे । उनले गठबन्धनका डडेल्धुरा प्रदेशसभा ‘क’ का उम्मेदवार माओवादी नेता खगराज भट्टले यहाँबाट निर्वाचन जिते  सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने धारणा राखे ।

त्यसैगरी कार्यक्रममा प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले मुलुकका हरेक काममा महिलाको प्रतिनिधित्व बढिरहेको बताइन् । ‘संविधान रक्षाका लागि हामी अहिले चुनावी मैदानमा छौँ’, उनले भनिन्, ‘संविधान बने पनि धेरै काम गर्न बाँकी छ, यो गठबन्धनले जित्न आवश्यक छ ।’

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend