logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गिरिजाप्रसाद स्मृति सभागृह निर्माण प्राथमिकतामा : नेता सिटौला

    गिरिजाप्रसाद स्मृति सभागृह निर्माण प्राथमिकतामा : नेता सिटौला

    3.2K
    Shares
    गिरिजाप्रसाद स्मृति सभागृह निर्माण प्राथमिकतामा : नेता सिटौला

    झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चन्द्रगढीस्थित अलपत्र गिरिजाप्रसाद स्मृति सभागृह (जीपी सभागृह)को निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    सोमबार भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जीपी स्मृति सभागृहको निर्माण आफ्नो चुनावी प्रतिबद्धताको पहिलो सूचीमा रहेको बताएका हुन् । झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका सिटौलाले भने, “जीपी सभागृह निर्माण मेरो पहिलो प्राथमिकता हो ।” सात वर्षअघि झापा सदरमुकाम चन्द्रगढीको मध्यभागमा निर्माण थालिएको गिरिजाप्रसाद स्मृति सभागृह अहिले अलपत्र अवस्थामा छ । २०७२ असार २८ गते तीन जना पूर्वप्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहालले सभागृहको संयुक्त शिलान्यास गरेका थिए ।

    दुई वर्षमा निर्माणकार्य सम्पन्न हुने भनिए तापनि अहिलेसम्म सभागृह अधुरै मात्र छैन, राज्यको पुनः संरचनापश्चात सो सभागृह स्थानीय, प्रदेश र सङ्घीयमध्ये कुनै पनि सरकारलाई हस्तान्तरण नगरिँदा यसको निर्माण कार्यमा अघि बढ्न सकेको छैन । सो सभागृह निर्माणका लागि रु १२ करोड ७२ लाखमा ठेक्कासमेत लगाइएको थियो ।

    सो निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सिटौँलाको चुनावी प्रतिस्पर्धा छ । सिटौँलालाई माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनको साथ छ भने लिङ्देनलाई एमालेको समर्थन छ । यसपाली सिटौँलाले लोकतन्त्र र गणतन्त्रप्रति प्रतिबद्ध जनमत आफूप्रति आकर्षित भएको जिकिर गर्दै चुनाव जित्ने दाबी गरेका छन् । राप्रपाका उम्मेदवार लिङ्देन नेकपा एमालेको समर्थनमा जित दोहो¥याउने कसरतमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend