logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • राजतन्त्र फ्याँक्ने शक्ति राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्य : सिटौला

    राजतन्त्र फ्याँक्ने शक्ति राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्य : सिटौला

    5.6K
    Shares
    राजतन्त्र फ्याँक्ने शक्ति राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्य : सिटौला

    झापा । नेपाली कांग्रेसका नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले राजतन्त्र फ्याँक्ने शक्ति राजतन्त्रको पक्षधरसँग सहकार्य गरेर निर्वाचनमा जानु आश्चर्य भएको बताएका छन् । मुलुकमा कांग्रेस र कम्युनिष्ट मिलेर गणतन्त्र ल्याएको उल्लेख गर्दै नेता सिटौलाले एमालेलाई लक्षित गर्दै भने राजतन्त्र फ्याँक्ने शक्तिले राजतन्त्रको पक्षधरसँग सहकार्य गर्नु आश्चर्यको कुरा हो ।

    विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन्। नेता सिटौलाले विगत पाँच वर्षमा झापा क्षेत्र नं ३ मा कुनै पनि विकासका गतिविधि नभएको आरोप लगाउँदै विकासप्रतिको चाहना राख्ने जनताले आफूलाई यसपटक मत दिएर विजय गराउने बताए ।

    ‘पहिलो संविधानसभाबाट संविधान आउन सकेन, म त्यो चुनावमा पराजित भएको थिएँ’, उनले भने, ‘दोस्रो संविधानसभाको निर्वाचनमा संविधान बनाउने प्रतिबद्धता जनाए, जनताले मलाई विश्वास गर्नुभयो, विजय भएँ र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेँ ।’

    संविधान निर्माण भए पनि संविधानले निर्दिष्ट गरेका लक्षित वर्गको हकअधिकार सुनिश्चित नभएको उनले बताए । ‘यो निर्वाचनबाट लोकतन्त्र चाहने पक्षको विषय हुन्छ, गठबन्धनको सरकार बन्छ’, संविधानको वास्तविक कार्यान्वयन हुन नसकेको बताउँदै उनले भने, ‘त्यो सरकारले संविधानको पूर्ण कार्यान्वयनसँगै मुलुकमा लोकतान्त्रिक समाजवाद स्थापित गर्छ ।’

    उनले विसङ्गतिपूर्व राजनीतिले देशलाई विकास र निकास दिन नसक्ने बताए । सत्ता–गठबन्धनबारे चर्चा गर्दै नेता सिटौलाले गठबन्धनका हरेक काम इमान्दारीपूर्वक भइरहेको बताए । ‘गठबन्धनले राम्रो काम गरेको छ’, उनले भने, ‘गठबन्धन सफल हुन्छ, हाम्रो जीत पक्का छ ।’ समाजका विभिन्न क्षेत्रका जनता आफूलाई जिताउन तल्लीन रहेको नेता सिटौलाको भनाइ छ । विसं २०४८ देखि आफू चुनावी राजनीतिमा रहेको बताउँदै नेता सिटौलाले हारे पनि जीते पनि झापा क्षेत्र नं ३ मै रहेर राजनीतिमा सक्रिय रहने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend