logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छ

    जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छ

    1.7K
    Shares
    जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्छ

    काठमाडौं । जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्ने संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सोमबार इजिप्टमा आयोजित ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने विषयमा जारी कार्यक्रममा विश्वका नेताहरू माझ आफ्नो सो धारणा राखेका हुन् ।

    कोभिड महामारीको प्रकोप र युक्रेन-रूसको युद्धबाट सङ्कटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी गर्दै महासचिवले यस्ता घटनाक्रमले अन्तरराष्ट्रिय सम्बन्ध नै दबाबमा परेको टिप्पणी गरे ।

    ‘मानवतासँग विकल्प छ सहयोग गर्नुहोस् वा नष्ट गर्नुहोस्,’ महासचिवले शर्म अल-शिकको रेड सी रिसोर्टमा आयोजित संयुक्त राष्ट्रसंघ कोप२७ शिखर सम्मेलनमा सो कुरा बताएका हुन् । ‘यो या त जलवायु एकता सम्झौता हो, वा सामूहिक आत्महत्या सम्झौता हो’ उनले भने।

    गुटेरेसले धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीचको ‘ऐतिहासिक’ सम्झौताको लागि आह्वान गर्दै जसले उत्सर्जन घटाउने र तापक्रम वृद्धिलाई पूर्व-औद्योगिक युग भन्दा माथि १.५ डिग्री सेल्सियसको पेरिस सम्झौता लक्ष्यलाई सम्बोधन गर्नुपर्ने बताए । उनले चेतावनी दिँदै भने ‘हालको प्रक्षेपणमा हामी हाम्रो खुट्टा अझै एक्सेलेटरमा रहेको नरकको मौसमको राजमार्गमा छौं ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend