logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अहिलेको लडाई संविधान बचाउने र सिध्याउनेबीचको हाे: मन्त्री पौडेल

    अहिलेको लडाई संविधान बचाउने र सिध्याउनेबीचको हाे: मन्त्री पौडेल

    5.9K
    Shares
    अहिलेको लडाई संविधान बचाउने र सिध्याउनेबीचको हाे: मन्त्री पौडेल

     

    बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधान विरोधी भएको बताएका छन् । सोमबार ताराखोला गाउँपालिकाको चुनावी सभामा बोल्दै मन्त्री पौडेलले एमाले अध्यक्ष ओली संविधान विरोधी भएको बताएका हुन् ।

    पाच दलीय गठबन्धन चुनावका लागि मात्र नभई लोकतन्त्र र संविधान रक्षाका लागि भएको बताए । उहाँले अहिले संविधान सिध्याउने र बचाउने बिचको लडाई भएको बताएका छन् । “अहिले एकथरी संविधान बचाउने र सिध्याउनेबीचको लडाई हो,” उनले भने “केपी ओली प्रतिगामी शक्ति लिएर हिडेका छन्, उनी देशप्रति इमान्दार छैनन् ।” ताराखोला शहिदहरुको रगतले रंगिएको ठाउँ भएको बताउँदै गठबन्धनको पक्षमा एकजुट हुन आग्रह गरे ।

    उनले १५ हजार मतान्तरले जित्ने दाबी गरे । “गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौं,” उनले भने,“बागलुङका वटा क्षेत्र हामीले जितिसकेका छौं औपचारिक घोषणा हुनमात्र बाँकी छ ।”
    बागलुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बागलुङकै विकाशका लागि जीवन्त लागिपरिरहने प्रतिबद्धता व्यक्त गरे । “म बागलुङकै मोटोमा जन्मिएको छोरा हुँ,” उनले भने, “जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केही गर्नुछैन जनताकै पक्षमा काम गर्छू ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend