logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीले अदातलको निर्णयलाई अपहेलना गरेः मन्त्री पौडेल

    ओलीले अदातलको निर्णयलाई अपहेलना गरेः मन्त्री पौडेल

    3.8K
    Shares
    ओलीले अदातलको निर्णयलाई अपहेलना गरेः मन्त्री पौडेल

    बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदातलको निर्णयलाई अपहेलना गरेको आरोप लगाएका छन् । मंगलबार ताराखोला गाउँपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओलीले अदातलको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अपहेलना गरेको आरोप लगाएका हुन् ।

    “जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ ।,” उनले भने, “ यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो ।
    संविधानमा कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएको बताउनुभएको छ । “व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यापालिकाले कार्यान्व्यन गर्छ र कहिकतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो । ”,उनले भने, “न्यापालिकाकोले गरेको निर्णयको ओलीले अपहेलना गरे ।”
    सोमबार बागलुङको बुर्तिबाङ चुनावी सभामा आएका ओलीले वर्तमान सरकार संविधानमै नभएको परमादेशबाट बनेको भन्दै टिप्पणी गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend