logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गण्डकीका ऊर्जामन्त्री आचार्यलाई मन्त्रीबाट बर्खास्त गर्ने तयारी

    गण्डकीका ऊर्जामन्त्री आचार्यलाई मन्त्रीबाट बर्खास्त गर्ने तयारी

    4.1K
    Shares
    गण्डकीका ऊर्जामन्त्री आचार्यलाई मन्त्रीबाट बर्खास्त गर्ने तयारी

     

    पोखरा । गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् । ऊर्जा मन्त्री आचार्यलाई मुख्यमन्त्री पोखरेलले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै बर्खास्त गर्न लागेको एक मन्त्रीले बताए ।

    ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय एमाले उम्मेदवारलाई मत माग्दै हिँडेका आरोप छ ।

    ‘एमाले उम्मेदवारलाई भोट माग्दै हिँडेको सूचना आयो । गठबन्धन दलका नेताले मुख्यमन्त्रीलाई सूचना दिएपछि मुख्यमन्त्रीज्यूले बर्खास्त गर्न लाग्नुभएको सत्य हो,’ उनले भने । यता मन्त्री आचार्यलाई आफू बर्खास्त गर्न लागेको कुरा थाहा नपाएको बताए । उनले आफूले कसैको पक्षमा भोट माग्ने काम नगरेकाले यो मिथ्या आरोप भएको सुनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend