शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आगामी निर्वाचनपछि केपी ओली पत्तासाफ हुन्छन्ः अध्यक्ष प्रचण्ड

आगामी निर्वाचनपछि केपी ओली पत्तासाफ हुन्छन्ः अध्यक्ष प्रचण्ड

पाँच दलीय गठबन्धनमा आवद्व दलहरूको लुम्बिनी प्रदेश स्तरीय संयुक्त प्रशिक्षण भेलालाई शुक्रबार बुटवलमा सम्बोधन गर्नुहुँदै नेकपा मओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। तस्बिर ः रोशन सापकोटा, रासस

 

जुम्ला । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनबाट पत्तासाफ हुने चेतावनी दिएका छन् । जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले दुईतिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजाधुजा पार्ने एमाले अध्यक्ष ओली यो निर्वाचनबाट पत्तासाफ हुने चेतावनी दिए ।

अध्यक्ष दाहालले ओली राजनीतिमा असफल भइसकेको भन्दै जनताको अगाडि उनले पश्चाताप गर्नुपर्ने बताए । ‘अब राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक छ । ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरे । संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काए । त्यसविरुद्ध हामीले संघर्ष गर्‍यौं । त्यही क्रममा यो गठबन्धन बन्यो । अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि गठबन्धन दललाई नै छ । त्यसैले गठबन्धनको पक्षमा मत खसाल्नुहोस्,’ उनले भने ।

 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend