आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

‘इमरान खानमाथि भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान हुनुपर्छ’

‘इमरान खानमाथि भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान हुनुपर्छ’

FILE - In this March 16, 2020, file photo, Pakistan's Prime Minister Imran Khan gives an interview to The Associated Press, in Islamabad, Pakistan. Khan has tested positive for Coronavirus, two days after he received his first dose, Khan's special assistance on the health Dr. Faisal Sultan said on Saturday, March 20, 2021. (AP Photo/B.K. Bangash, File)

एजेन्सी । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि हालै भएको गोली प्रहारको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

अमेरिकी टेलिभिजन सिएनएनसँगको कुराकानीमा उनले पूर्वप्रधानमन्त्री खानमाथि भएको गोली प्रहारको निन्दा गर्दै यस घटनाको निष्पक्ष रुपमा छानविन गर्नुपर्ने बताएका हुन् ।

अन्तर्वार्तामा उनले भने ‘देशभित्र उहाँका विषयमा हुने चर्चा हाम्रो आन्तरिक विषय हुन् तर उहाँमाथिको हमला देशका एकजना पूर्वप्रधानमन्त्रीमाथिको हमला हो, त्यसैले यसको निष्पक्ष अनुसन्धान हुनु जरुरी छ ।’ उनले सो घटनाको आफूले सुरुमै निन्दा गरेको र यसको स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ भन्ने माग गरेको पनि बताएका छन् ।

पूर्वप्रधानमन्त्री खानको रुस भ्रमणका विषयमा विवाद उत्पन्न भएको र रुस र युक्रेनको पछिल्लो द्वन्द्वका कारण खानलाई विवादास्पद बनाइएको विदेशमन्त्री जर्दारीले बताए । यसअघि नै पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले पूर्वप्रधानमन्त्री खानको हत्या प्रयासको स्वतन्त्र छानविनका लागि एक न्यायिक समिति गठन गर्न आदेश दिइसकेका छन् ।

पूर्वप्रधानमन्त्री खानमाथि गत बिहीबार पाकिस्तानको वाजिरिस्तानमा गोली प्रहार भएको थियो । खुट्टामा गोली लागेका उनी जोखिममुक्त छन् । चिकित्सकहरूले उनको खुट्टाबाट तीन वटा गोली निकालेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend