काठमाडौं । काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रश्तुति दिएका छन् । मंगलवार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रश्तुत गरेका हुन् ।
हंगेरीको स्थानीय गीत–संगीतको प्रश्तुति बेजोड देखिएको थियो । हंगेरीको लोकसंस्कृति प्रदर्शसनसँगै कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो । सन् २०१८ मा स्थापना भएको संस्थाले दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई बिस्तार गर्न यो कार्यक्रमको आयोजना भएको वरिष्ठ कलाकार कृष्ण मल्लले बताए । उनले दुई देशबीचको संस्कृति आदान–प्रदान गरी सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने बताए । उनले संगीतको माध्यमबाट दुई देश बीचको सम्बन्ध झनै सुधार हुने र बढ्ने विश्वास व्यक्त गरे । संगीतले सबै क्षेत्र र समुदायलाई एकसाथमा समेट्ने भएकोले संगीत कुनै भाषा र शब्दमा समेट्न जरुरी नरहेको बताए । उनले सांस्कृतिक कार्यक्रमहरुले नेला र हंगेरीबीचमा पनि एकअर्काका संस्कृतिहरुको साटासाट गर्ने अवसर मिल्ने बताए ।
नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रश्तुत गरेका थिए । कलाकारलाई नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सको तर्फबाट सम्मान गरिएको थियो ।