logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘निर्वाचन आयोग मिसिनगन बोकेर चुनावी मैदानमा खटिएको छ’

    ‘निर्वाचन आयोग मिसिनगन बोकेर चुनावी मैदानमा खटिएको छ’

    4.6K
    Shares
    ‘निर्वाचन आयोग मिसिनगन बोकेर चुनावी मैदानमा खटिएको छ’

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन् ।

    बुधवार आयोगको कार्यालयमा युवाहरुसँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाहरुको साथ आवश्यक रहेको बताए । उनले आयोग निर्वाचन स्वतन्त्र, भयरहीत, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरुपी मिसिन गन बोकेर मैदानमा खटेको बताए ।

    उनले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रहसमेत गरे । उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुप्रति इंगित गर्दै निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रुपमा गुलेली नचलाउन चेतावनी दिए ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको महाअभियानमा अब सबै सरिक भइ महासागरमा मिसिने खहरेहरुलाई पनि सँगै लैजान आवश्यक रहेको बताए । उनले निर्वाचनको बिरोध गर्ने चन्द नेतृत्वका तीन राजनीतिक दलहरुप्रति लक्षित गर्दै खहरेहरु महासागरमा मिसिँदा केही धमिलो भएपनि मंसिर ४ पछि आफैँ संग्लिएर जाने बताए ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेपनि आयोगले भने पनि तीन दिन अघिबाट मात्रै मदिरा बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्न आग्रह गरेको बताए

    प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्या भन्दा पराजित हुनेको संख्या ठूलो हुने भन्दै युवाहरुले पराजित भएका उम्मेदवारहरुलाई पनि अंकमाल गरेर अघि बढ्नसक्ने वातावरण समाजमा निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले सामाजिक संघसंस्थाले मंसिर ४ गतेलाई मात्र नभइ त्यसपछिको नतिजाको परिणामलाई पनि आत्मसाथ गरेर अघि बढ्नसक्ने वातावरणको सिर्जना गर्न जरुरी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend