logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशको भविष्यलाई उज्वल बनाउन योग्य व्यक्ति छानौँः प्रकाशमान सिंह

    देशको भविष्यलाई उज्वल बनाउन योग्य व्यक्ति छानौँः प्रकाशमान सिंह

    4.6K
    Shares
    देशको भविष्यलाई उज्वल बनाउन योग्य व्यक्ति छानौँः प्रकाशमान सिंह

     

    काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले देशको भविष्यलाई उज्वल बनाउनका लागि मतदाताले योग्य व्यक्तिको चयन गर्नुपर्ने बताएका छन् । बिहीवार नेपाली काँग्रेसका संस्थापक नेता स्व.गणेशमान सिंहको १०८ औं जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।

    उनले आसन्न मंसिर ४ गतेको निर्वाचनमा जनताले चुनेर पठाएका प्रतिनिधिहरुले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । उनले काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए । उनले आसन्न निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्नपनि आग्रह गरे ।

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न गठबन्धन लाग्ने बताए । उनले संघर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अघि बढाउनु नै गणेशमान सिंहप्रतिको सच्च श्रद्धाञ्जली हुने बताए ।

    उनले भने, ‘आगामी मंसिर ४ गतेको निर्वाचन जनताले चुनेर पठाएका प्रतिनिधिहरुले संविधान सभाबाट जारी भएको संविधानलाई रक्षा गर्ने, संस्थागत गर्ने र प्रगतिको पथमा अघि बढ्न चाहेका छौँ । काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले चुनावी मैदानमा हामी छौँ त्यसको नतिजाले देखाउँछ । सबैले मतदान गर्न अनुरोध गर्दछु । भविष्यको भलाइको लागि चुन्नुपर्छ । मताधिकारको सदुपयोग गरौँ ।’

    नेता सिंहले कार्यक्रममा गणेशमान सिंहले गरेका कामहरुको चर्चा गरी आजको दिनमा पनि उहाँका कामहरुलाई व्यवहारमा उतार्न आवश्यक्ता रहेको बताउनु भयो । काँग्रेस संस्थापक नेता सिंहको आज विभिन्न कार्यक्रम गरेर देशभर १०८ औं जन्मजयन्ती मनाइँदै छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend