logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छुः प्रकाशमान सिंह

    मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छुः प्रकाशमान सिंह

    3.3K
    Shares
    मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छुः प्रकाशमान सिंह

     

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताले चाहेसम्म आफू चुनाव लडिरहने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार उनले बिहीबार बिहान बुद्धनगर क्षेत्रमा घरदैलोपछि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘यहाँका मतदाताले मलाई मन पराएसम्म चुनाव लड्छु, जनताले चाहँदाचाहँदै मैदान छोड्न त भएन नि ।’

    गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा काठमाडौं महानगरपालिका–१० जोगीकुटीस्थित सुवर्ण पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर घरदैलो कार्यक्रम सुरु गरेका उनले काठमाडौं क्षेत्र नम्बर १ का मतदाताको माया पाइरहेको र फेरि पनि पाउने विश्वास व्यक्त गरे ।

    उनले काठमाडौं क्षेत्र नम्बर १ मा विकास गरेको दाबीसमेत गरे । व्यक्तिले कब्जा गरेका सरकारी जग्गा फर्काएर १५ स्थानमा पार्क, सामुदायिक भवन र व्यायामशाला बनाइसकेको भन्दै उनले ज्येष्ठ नागरिकको सुविधाका लागि एउटा सुविधासम्पन्न भवन बनिरहेको जानकारी पनि दिए ।

    खानेपानीको समस्या समाधानका लागि पनि आफूले पहल गरिरहेको उनले बताए । युवालाई र अनुभवीको टिमसहित चुनावमा होमिएको बताउँदै उनले फेरि पनि चुनाव जित्ने दाबी प्रस्तुत गरे । उनले भने, ‘मतदान भनेको भविष्यको भलाइका लागि हो । पार्टी र उम्मेद्वारको त्याग र इतिहासलाई हेरेर मताधिकार प्रयोग गर्नुहोला ।’

    त्यसअघि गणेशमान सिंहको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धनले मात्रै देशलाई प्रगतिको पथमा लैजाने बताएका थिए ।

    गणेशमान सिंहले वामपन्थीहरुलाई साथमा लिएर २०४६ सालको जनआन्दोलन सफल बनाएको भन्दै प्रकाशमानले अहिले पनि त्यो कार्यगत एकता उत्तिकै सान्दर्भिक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend