logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राप्रपा अध्यक्ष लिङदेनले मकवानपुरको चुनावी सभालाई सम्बोधन गर्दै

    राप्रपा अध्यक्ष लिङदेनले मकवानपुरको चुनावी सभालाई सम्बोधन गर्दै

    3.4K
    Shares
    राप्रपा अध्यक्ष लिङदेनले मकवानपुरको चुनावी सभालाई सम्बोधन गर्दै

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष राजेन्द्र लिङदेनले आज राप्रपा मकवानपुरको चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष लिङदेनले पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ नम्बर वडाको जुरेली खेल मैदानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

    अध्यक्ष लिङदेनले पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ नम्बर वडाको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएको छ ।

    आज हुने चुनावी सभालाई अध्यक्ष लिङदेनसहित राप्रपाका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंह, प्रदेशसभा सदस्य उम्मेदवारहरू गुञ्जनबहादुर न्यौपाने र सागर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा मकवानपुरले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend