logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    3K
    Shares
    ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    हेटौंडा । मकवानपुरको बकैया–४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट हात्तिसुढेतर्फ गैरहेको बा प्र ०३–००१ त ३४१ नम्वरको ट्याक्टर बुधबार राति अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

    ट्याक्टरमा सवार बागमती गाउँपालिका–५ बगेरीका २७ वर्षीय सत्यमान घिसिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा सबार बागमती–५ कै ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएका छन् ।

    ट्याक्टर चालक तथा ट्याक्टर प्रहरी नियन्त्रणमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend