काठमाडौं । संघीय सरकारले बुधबार गएको भूकम्पबाट भएको क्षतिको विवरण स्थानीय सरकारसँग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।
२३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको मृत्यु भएको विवरण आएको छ ।