logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कबड्डी-४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

    कबड्डी-४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

    6.3K
    Shares
    कबड्डी-४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

    काठमाडौं । नेपाली चलचित्र कबड्डी-४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीवार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् ।

    काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा घर एपका सञ्चलक खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताए । उनले एप्लिकेशनमा पैसा तिरेर फिल्म हेर्ने बानी नेपालमा बिस्तारै विकास भइसकोको बताए ।

    अभिनेता लामिछानेले सिनेमा घर एपमा जय भोले र रातो टिका निधारमा लगायतका चलचित्रहरु राखिसकेको र चलचित्रहरुले युट्युबमा कमाउने भन्दा राम्रो पैसा कमाएको बताए । उनले नेपालीहरुमा पैसा तिरेर फिल्म हेर्ने बानी बसाल्न पनि एप्लिकेशनबाट सहयोग पुगेको बताए ।

    अभिनेता लामिछानेले नेपाली सिनेमाको लागि डिजिटिल मार्केटबाट अबको ४ वर्षपछि नेपाली सिनेमा निर्माण हुने रकमको लगभग ५० प्रतिशत संकलन गर्नसकिने बताए । सिनेमा घर एपमा चलचित्र कबड्डी-४ शुक्रवार बाट चल्नेछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend