logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न सक्दैन : ओली

    आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न सक्दैन : ओली

    4K
    Shares
    आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न सक्दैन : ओली

    झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताएका छन् । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताए । उनले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताए ।

    उनले भने, ‘आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ।’ लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उनले जोड दिए ।

    नेपालमा संविधान र कानूनमा विभेद हटेको वर्षौँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उनको भनाइ छ । उनले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्यतहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताए

    आजै उनले आज झापा क्षेत्र नं ४ सुरुङ्गा बजारमा आयोजित चुनावी सभालाई संबोधन गर्दै मुलुकलाई राष्ट्रियता र लोकतन्त्रको निम्ति लड्न सक्ने शक्तिको खाँचो भएको बताएका छन् । मुलुकमा सुसाशन कायम गर्ने, विकासलाई अगाडि बढाउने र राष्ट्रियताका लागि लड्ने सक्ने शक्ति अबको आवश्यकता भएको उनको भनाई छ ।

    अध्यक्ष ओलीले यी सब गर्ने र राष्ट्रिय निर्माणको सङ्कल्प बोकेको शक्ति मुलुकमा एमालेबाहेक अरु कुनै पनि हुन नसक्ने जिकिर गरे । उनले विगतको ४१ महिना आफू प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हालै पार्टीले सार्वजनिक गरिएको घोषणापत्रमा समेत उल्लेख गरेको बताए ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend