logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • विश्वकपका लागि उरुग्वेको टोली घोषणा

    विश्वकपका लागि उरुग्वेको टोली घोषणा

    2.4K
    Shares
    विश्वकपका लागि उरुग्वेको टोली घोषणा

    एजेन्सी । दुई पटकको च्याम्पियन उरुग्वेले फिफा विश्वकप २०२२ का लागि २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ । अनुभवी फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीसँगै युवा खेलाडी डार्विन न्युनेजले टोलीको आक्रमण बलियो देखिएको छ ।

    प्रशिक्षक डिएगो अलोन्सोको आगमनयता उरुग्वेले लय समातेको छ । डिसेम्बरयता टोलीले छनोटमा लगातार ४ जित दर्ता गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

    उरुग्वेको अन्तिम टोली :

    गोलरक्षक : सर्जियो रोसे, फर्नान्डो मुस्लेरा, सबास्टियन सोसा

    डिफेन्डर : डिएगो गोडीन, जोसे मारिया जिमिनेज, रोनाल्ड अराउजो, सबास्टियन कोआटेस, मार्टिन कासेरेस, माथिअस ओलिभिएरा, गिलेर्मो भारेला, जोसे लुइस रोड्रीग्वेज, माटीयास भिना

    मिडफिल्डर : फेडे भालभेर्डे, रोड्रीगो बेन्टान्कुर, माटीआस भेचिनो, लुकास टोरेरा, म्यानुएल उगार्टे, निकोलस डे ला क्रुज, जर्जियन डे आरास्केता, फाकुन्डो पेलिस्त्री, फाकुन्डो टोरेस, अगुस्टिन कनोबियो

    फरवार्ड : लुइस सुआरेज, एडिन्सन काभानी, डार्विन न्युनेज, म्याक्सिमिलियन गोमेज


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend