
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अभिभावकीय संस्थाका रूपमा राजा रहनुपर्ने बताएका छन्। उनले ‘जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था कायम हुनुपर्छ,’ बसन्तपुरमा आज राप्रपाले गरेको आमसभामा उनले भने, ‘हिन्दु राष्ट्र नेपाल बन्नुपर्दछ।’
अध्यक्ष लिङ्देनल भने, ‘मेयर बालेन शाहले काठमाडौंमा अनधिकृत संरचनामा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टचारीहरूमाथि डोजर चलाउने इच्छा छ,’ ।
लिङ्देनले यसपटक मत बदल्न कांग्रेस र एमाले समर्थितलाई आग्रह गरेका थिए। उनले तीस वर्षदेखि सीमित दलका सीमित नेताले देशलाई सिण्डिकेटमा राखेको र अर्थतन्त्र र बेरोजगारीको अवस्था सिर्जना भएको बताए।
उनले पटकपटक असफल भएका दल र तिनका नेतालाई दोहोर्याएर भोट दिने गल्ती गर्ने भनेको देश बरबाद गर्ने काममा सहभागी हुनु हो भनेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend