logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो: मन्त्री पौडेल

    गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो: मन्त्री पौडेल

    4.3K
    Shares
    गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो: मन्त्री पौडेल

    बागलुङ । शुक्रबार ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री देवेन्द्र पौडेलले देशलाई दुर्घटनाबाट बचाउन बाम लोकतान्त्रिक गठबन्धन भएको बताएका छन् । “नेकपा एमाले केपी ओलीले आफनो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,” उनले भने, “अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ ।”

    अहिले नेकपा एमालेका अध्यक्ष राजावाादी तत्वसँग लागेर देशमा बहुदलीय व्यवस्था, जनताको बलीदानीबाट प्राप्त उपलब्धी मास्न लागेको आरोप लगाए । उनले बागलुङका ६ वटै सिट गठबन्धनको पक्षमा रहेको भन्दै औपचारिक नतिजाका लागि निर्वाचन मिति कुर्नुपर्ने बताए ।

    मध्यपहाडी लोकमार्ग निर्माण पुरा नभएको ठाउँमा कालोपत्रेका लागी पहल, केन्द्रिय विधुत प्रसारण लाईन गाउँगाउँमा पु¥याउने, शिक्षा, सडक, स्वास्थ्य लगायत धेरै विकास निर्माण मध्यकेही काम भइसकेको र अबको पाँच वर्षमा मध्यपहाडी लोकमार्ग सडक कालोपत्रे, सालझण्डी ढोरपाटन सडक खण्ड कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले जनताको समस्यामा आफु पाँच वर्षमा सारथी बनेर उभिने प्रतिबद्धता व्यक्त गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend