काठमाडौं । कांग्रेस नेता तथा काठमाडौं–१ का उम्मेदवार प्रकाशमान सिंहले यसपटकको चुनावमा शिक्षा, स्वास्थ र रोजगारी आफ्ना प्रमुख अजेण्डा भएको बताएका छन्। सिंहले शनिबारको चुनावी घर दैलोको क्रममा यस्तो बताएका हुन्।
उचित कानुनको निर्माण गरेर रोजगारी सिर्जना गरी देशमा प्राविधिक क्षिक्षालाई जोड दिने उनको भनाइ छ। उनले सामुदायिक विधालयको शिक्षाको गुणस्तरीयतालाई सुधार गर्दै डिजिटलाइजेसन गर्ने वाचा गरे।