सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

 

 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।

सन् २०२४ को यू–१९ क्रिकेट विश्वकप श्रीलंकामा र २०२६ को प्रतियोगिता जिम्बावे र नामिबियामा आयोजना हुने आईसीसीले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend