logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुकुम्वासी समस्या समाधानका लागि पहल गर्छुः प्रकाशमान सिंह

    सुकुम्वासी समस्या समाधानका लागि पहल गर्छुः प्रकाशमान सिंह

    2.5K
    Shares
    सुकुम्वासी समस्या समाधानका लागि पहल गर्छुः प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नं. १ का सुकुम्वासी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । समस्या समाधानका लागि भूमि आयोग बनेको भन्दै त्यसले दिने प्रतिवेदनलाई आधार मानेर समस्याको समाधान निकाल्ने बताए ।

    ‘भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ,’ आइतबार बिहान थापाथलीस्थित बागमती नदी किनारको वस्तीमा आयोजित कार्यक्रममा उनले भने, ‘त्यसको प्रतिवेदन आइसकेपछि त्यसलाई अध्ययन गरेर स्थायी समाधान निकाल्छौं ।’

    समस्या समाधान गर्दा जबरजस्ती नभई भूमिहीनको पनि चित्त बुझाएर गर्ने उनले बताए । ‘सरकार र तपाईंहरुलाई पनि हुने गरीकन, विनविन सिचुयसन दुवैलाई हुने गरी गर्नका लागि हामी जोड दिन्छौं,’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend