logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्छ : ओली

    मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्छ : ओली

    4.1K
    Shares
    मंसिर ४ पछि एमालेको बहुमतको सरकार बन्छ : ओली

    सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ पछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन् । आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उनले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागि मात्रै नभएको बताए ।

    मङ्सिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उनले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको र त्यो शक्ति एमाले भएको उनको भनाई थियो ।

    उनले सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको भन्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा बोकेको पार्टीलाई जनताको ठूलो साथ रहेको बताए ।

      सम्बन्धित विषय:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend