logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सिटी एक्सप्रेसमार्फत रकम पठाउँदा एक ग्राहकले जिते ५ तोला सुन

    सिटी एक्सप्रेसमार्फत रकम पठाउँदा एक ग्राहकले जिते ५ तोला सुन

    3.6K
    Shares
    सिटी एक्सप्रेसमार्फत रकम पठाउँदा एक ग्राहकले जिते ५ तोला सुन

     

    काठमाडौं । सिटी एक्सप्रेसको माध्यमबाट नेपालमा रकम पठाउँदा एक ग्राहकले ५ तोला सुन जितेका छन् । ‘विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो’ नामक कम्पनीको योजना अन्तर्गत साउदी अरबबाट रेमिटान्स पठाउने जीवन रायमाझीले बम्परमा ५ तोला सुन जित्न सफल भएका हुन् ।

    कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा रायमाझीले यो पुरस्कार जितेका हुन् । कम्पनीले गत भदौ १५ गते नेपालीहरुको महान दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै लगातार ६३ दिनसम्म चल्ने ‘विदेशबाट सिटी आयो, दशैँ तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको थियो ।

    सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend