logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मतदान गर्ने दिन नजिकिँदै गर्दा भक्तपुरमा घरदैलोमा दलहरुको तिब्रता

    मतदान गर्ने दिन नजिकिँदै गर्दा भक्तपुरमा घरदैलोमा दलहरुको तिब्रता

    3.2K
    Shares
    मतदान गर्ने दिन नजिकिँदै गर्दा भक्तपुरमा घरदैलोमा दलहरुको तिब्रता

     

    काठमाडौं । मतदान गर्ने दिन नजिकिएसँगै भक्तपुर निर्वाचन क्षेत्र नं १ का उम्मेद्वारहरुले आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन् । विभिन्न राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उमेदवारहरु पनि पुरानै आश्वासनका बोकेर मत माग्न घरदैलोमा ब्यस्त भएका हुन् ।

    उम्मेदवारहरुको घरदैलोमा स्थानिय किसानहरुले भने मल नपाएको गुनासो गरेका छन् । अहिले देशभरका उम्मेद्वारहरु आफ्नो अन्तिम प्रचारप्रसारका लागि दौडधुप गरिरहेका बेला भक्तपुर निर्वाचन क्षेत्र नं १ मा पनि चुनावी चटारो राम्रै देखिन्छ । विभिन्न राजनीतिक दल र स्वतन्त्र उमेदवारहरु मतदाताको घरघरमा पुगेर आफूले जिते सडक, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतको व्यवस्था गरिदिने भन्दै पुरानै आश्वासनकासाथ मतदातालाई आफ्नो पक्षमा पार्न दौडधुप छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आधार क्षेत्रका रूपमा चिनिने यस क्षेत्रमा पार्टी केन्द्रिय सचिव प्रेम सुवाल दोस्रो कार्यकाका लागि मैदान छन् भने सत्ता गठबन्धनबाट सुनिल गोठे र नेकपा (एमाले) बाट नवराज गेलाल मैदानमा छन् । गत निर्वाचनमा नेमकिपाका सुवालले ३३ हजार ७६ मत प्राप्त गर्दा नेपाली काँग्रेसका बाबुबाजा जोशीले १७ हजार ८ सय १८ मात्रै मत प्राप्त गर्नुभएको थियो भने वाम गठबन्धनका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गर्नुभएको थियो । यो निर्वाचनमा पनि सत्ता गठबन्धन र एमालेसामु नेमकिपा प्रमुख चुनौती देखिएपनि उम्मेद्वारहरुले यस पटक मतदाताले नयाँ पार्टी रोज्ने बताउदै चुनावी मैदानमा होमिएका छन् ।

    भक्तपुर निर्वाचन क्षेत्र नं १ मा चार जना स्वतन्त्रसहित कुल १४ जना उम्मेदवारहरु मैदानमा छन् । प्रदेशसभातर्फ भने क्षेत्र–१ (ख) नेमकिपाकै प्रभाव क्षेत्र देखिए पनि क्षेत्र–१ (क) मा भने अवस्था कमजोर छ । क्षेत्र–१ (ख) मा नेमकिपाका सुरेन्द्रराज गोसाईं दोस्रो कार्यकालका लागि मैदानमा छन् भने क्षेत्र–१ (क) मा नेमकिपाका मीनबहादुर बाटा मैदानमा छन् । क्षेत्र–१ (क) मा सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका सुरेश श्रेष्ठ, एमालेबाट मोहनवीर श्रेष्ठलगायत १८ जना मैदानमा छन् । उनीहरु प्रायः सबैले नगरकोट सडक खण्ड स्तरोन्नतिको कामदेखि स्वास्थ्य, शिक्षा खानेपानी लगायतका क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने भन्दै मतदानसामु हारगुहार गर्दै आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन् ।

    यता, उमेदवारहरु पुरानै आश्वासन लिएर मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम प्रचारप्रसारमा जुटीरहेका बेला यस क्षेत्रका स्थानिय किसानहरुले भने मल नपाएको दुखेसो गरेका छन् । भेटिएको अधिकांश मतदाताहरुले सबैजसो दल र उम्मेद्वारहरूप्रति वितृष्णा व्यक्त गर्दै धान रोप्ने समयमा नपाएको मल गहुँ लगाउने मध्य सिजनमा समेत नपाएको गुनासो गरेका छन् ।

    भक्तपुरका किसानहरुले हाल बजारमा रसायनिक मल प्रतिबोरा २७ सय रुपैयाँसम्म तिर्न बाध्यता रहेका बताएका छन् । कतिपय किसानले पैसा तिर्दासमेत मल पाउन नसकेको दुखेसो गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend