logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • गठबन्धनको एजेण्डा सुशासन, विकास र समृद्धि हो, यो गठबन्धन २० वर्षसम्म रहन्छः अध्यक्ष प्रचण्ड

    गठबन्धनको एजेण्डा सुशासन, विकास र समृद्धि हो, यो गठबन्धन २० वर्षसम्म रहन्छः अध्यक्ष प्रचण्ड

    3.9K
    Shares
    गठबन्धनको एजेण्डा सुशासन, विकास र समृद्धि हो, यो गठबन्धन २० वर्षसम्म रहन्छः अध्यक्ष प्रचण्ड

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताएका छन् । सोमबार लमजुङको राइनसमा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले यो देशलाई अघि लैजाने र जनताको अधिकारलाई सुनिश्चित गर्न गठबन्धनलाई जिताउनुपर्ने बताएका हुन् ।

    प्रचण्डले भने, ‘‘हामी सरकारमा छौं । गठबन्धनलाई जिताउँदा बलियो गठबन्धनको सरकार बन्छ । गठबन्धनको जित सुनिश्चित छ । सुशासन, विकास र समृद्धि नै गठबन्धनको एजेण्डा हो । ”

    यो गठबन्धनलाई चुनावसम्म मात्रै नभइ संविधान, लोकतन्त्र र शान्तिमाथि जबसम्म चुनौती रहन्छ त्यतिबेलासम्म गठबन्धन रहिरहने बताए । प्रचण्डले भने,‘यो गठबन्धन १०, १५, २० वर्षसम्म रहिरहन्छ ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend