logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छु : प्रकाशमान सिंह

    जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छु : प्रकाशमान सिंह

    4.7K
    Shares
    जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छु : प्रकाशमान सिंह

    काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए ।

    यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेका बनेको हेर्न चाहेको पनि बताएका छन् । काठमाडौं महानगर– २९ मा सोमबार बिहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्बर वान म्यान’ बनेको हेर्न चाहेको बताएका छन्,’ सिंहले भने ‘उहाँहरूको चाहना पूरा गर्न म प्रयासरत पनि छु ।’

    आफूले काठमाडौं १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताए । उनले विजयी भएपछि संकटमा रहेको देशको अर्थतन्त्र समाधान गर्ने र लगानी–मैत्री वातावरण बनाउने दायित्व पूरा गर्ने बताए ।–न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend