logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मंसिर ४ निर्वाचन : बर्दियामा चुनावी रौनक

    मंसिर ४ निर्वाचन : बर्दियामा चुनावी रौनक

    5.8K
    Shares
    मंसिर ४ निर्वाचन : बर्दियामा चुनावी रौनक

     

    बर्दिया । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मतदाताको जमघट चोक चौराहामा चुनावी रौनक बढेको छ । मतदातामा दल र उम्मेदवारका एजेन्डाका विषयमा बहस र छलफल चल्ने गरेको छ ।

    जिल्लाको मधुवन नगरपालिका–४ बस्ने छोट्की सोनाहाका राजबहादुर चौधरी वर्षौदेखि जङ्गली जनावर हात्तीलगायत भित्र्याउन तयार भएको अन्नबाली नोक्सान गर्ने र दुख्ख दिने जङ्गली जनावरको समस्या समाधान गर्नेलाई भोट दिने बताए । मधुवन नगरपालिका वडा नं।–३ बस्ने भग्रैयाका रामबहादुर केसीले सीमावर्ती क्षेत्रमा रहेको गाउँ बस्तीमा जङ्गली जनावर हात्ती र बाघले धेरै दुःख दिने गरेको बताउँदै समस्या समाधानमा पहल गर्ने उम्मेदवारलाई मत दिने बताए ।

    दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बर्दिया निर्वाचन क्षेत्र नं १ मा मतदाता सङ्ख्या एक लाख ६२ हजार ६ सय ६२ मतदाता रहेका छन् । बर्दिया निर्वाचन प्रतिनिधिसभा क्षेत्र नं २ मा मतदाता सङ्ख्या एक लाख ५२ हजार ६ सय २२ मतदाता रहेका छन् । बर्दिया निर्वाचन क्षेत्र नं–१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री सञ्जय गौतम, नेकपा (९एमाले) बाट केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली रहेका छन् । यस क्षेत्रमा गौतम र एमाले केन्द्रीय सदस्य ज्ञवालीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

    बर्दिया निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम–गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का सुरेश पन्थ, एमालेबाट उम्मेदवार पङ्कज सिंह राठौर, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल र नागरिक उन्मुक्ति पार्टीका स्वतन्त्र उम्मेदवार लालवीर चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend