
तनहुँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने सम्भावना रहेको बताएका छन् । तनहुँ–१ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस नेता पौडेल तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।
अध्यक्ष दाहालले पौडेललाई बहुमतले जिताएमा प्रधानमन्त्री हुनसक्ने बताए । अध्यक्ष दाहालले पौडेललाई बहुमतले विजयी गराउन आग्रह गरे । रामचन्द्रजीको एउटा इच्छा हामी सबैलाई थाहा छ, एकचोटी यो देशको कार्यकारीको ठाउँमा पुग्ने इच्छा छ,” दाहालले भने, “त्यसकारण तपाईंहरूले ढुक्कसँग उहाँलाई अत्याधिक मतले जिताउनुभयो भने त्यो सम्भावना बढ्यो, बढ्यो, बढ्यो।”
उनले यो तनहुँका लागि अवसर भएको जिकिर गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend