logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बागी उम्मेद्वार पार्टी सदस्य नै नरहेपछि भोट पाउने अवस्था हुँदैन, बागी उम्मेद्वारको डर छैनः डा. महत (अन्तर्वार्ता)

    बागी उम्मेद्वार पार्टी सदस्य नै नरहेपछि भोट पाउने अवस्था हुँदैन, बागी उम्मेद्वारको डर छैनः डा. महत (अन्तर्वार्ता)

    2.2K
    Shares
    बागी उम्मेद्वार पार्टी सदस्य नै नरहेपछि भोट पाउने अवस्था हुँदैन, बागी उम्मेद्वारको डर छैनः डा. महत (अन्तर्वार्ता)

    काठमाडाै‌ । 

    यतिबेला निर्वाचनको अन्तिम तयारीमा सबै देशवासीहरु जुटिरहेका छन् । राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । राजनैतिक दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिरहेका छन् । पछिल्लो समय प्रमुख राजनैतिक दलहरुले आफ्नो अभियानलाई तिब्रता दिएको पनि देखिन्छ । दलहरुले निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको दाबी गर्दै आइरहेका छन् । प्रश्तुत छ, न्युज एजेन्सी नेपालले नेपाली काँग्रेसका नेता एवं प्रवक्ता डा. प्रकाशशरण महतसँग गरेको कुराकानी ।

    प्रश्नः प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएको ठाउँमा गठबन्धनका उम्मेदवारहरुलाई सबैले भोट दिने अवस्था कस्तो छ ? समानुपातिकमा मत हाल्ने कुरामा पनि मतदाता दोधारमा छन्, निर्वाचन परिचालनमा कसरी काम भइरहेको छ ?

    उत्तरः यसै त हाम्रो ठूलो पार्टी, अरु पार्टीजस्तो उम्मेदवार खोजिखोजि ल्याएर उठाउनुपर्ने स्थिति होइन । धेरै योग्य साथीहरु यहाँ प्रौढदेखि युवा नेतृत्व पंक्ति छ । त्यसमाथि गठबन्धन भएपछि यसै सिट कम हुने भयो । त्यसले गर्दा ती सम्पूर्ण महत्वकांक्षाहरुलाई सम्बोधन गरेर पार्टीको मत एकिकृत गर्ने कुरा आफैँमा पनि चुनौतिपूर्ण कुरा हो । गठबन्धनका औचित्यका कुराहरुलाई बुझाएर र आन्तरिक असन्तुष्टिहरुलाई पनि उम्मेदवार नपाएको कारणले आएका असन्तुष्टिहरुलाई पनि सम्बोधन गर्न अवश्य पनि हामीलाई केही समय लाग्यो । ती कुराहरु करिव करिव सम्बोधन भएको अवस्था छ । १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रको प्रतिनिधि सभातर्फमा ९१ ठाउँमा हामी लडेका छौँ । त्यस्तै प्रदेश सभामा पनि त्यही अनुपातको अवस्था छ । समग्रमा हेर्दा हाम्रो उम्मेदवार नै नभएको, कहीँ प्रतिनिधि सभामा नभएको, तल दुईवटैमा नभएको, कहीँ माथि नभएको प्रदेश सभामा पनि एउटा नभएको गर्दा ६१ ठाउँमा हाम्रो उम्मेदवार छैन । त्यो हुनाले निर्वाचन प्रक्रियामा सामान्यतया के हुने गथ्र्यो भने प्रत्यक्ष उम्मेदवारले नै त्यो मतदाताहरुलाई परिचालन गरेर मतदान केन्द्रमा पु¥याउँथ्यो । त्यहाँ उम्मेदवार नभएको हुनाले पार्टीले केन्द्रिय प्रतिनिधि खटाएको छ । त्यहाँको सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्ने । किनकी समानुपातिकमा त रुखमै मतदान गर्ने हो । प्रतिनिधि सभामा पनि रुखमै मतदान गर्ने हो । ३३० नै प्रदेश सभामा पनि रुखमै मतदान गर्ने हो । ४० प्रतिशत सिट समानुपातिकबाट चुनिन्छ । समानुपातिक सिट हाम्रो लागि कम महत्वपूर्ण होइन । त्यसो हुनाले हाम्रा मतदाताहरुलाई पूर्ण रुपले परिचालन गर्नको लागि त्यहाँ हाम्रो प्रत्यक्ष उम्मेदवार नभएपनि सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनु आवश्यक छ । त्यसको लागि हामीले केन्द्रबाट पनि प्रतिनिधि पठाएर त्यसलाई परिचालन गर्ने प्रवन्ध मिलाएका छौँ । समानुपातिकमा काँग्रेसलाई मत हाल्ने कुराले पनि त्यो जरुरी छ । त्यहाँ अरु गठबन्धन दललाई समर्थन गरेका कारणले पनि उहाँहरुलाई पनि मत हाल्नु जरुरी छ, किनभने हामीले अन्य गठबन्धन दललाई मत हाल्यौँ भने न उहाँहरुले पनि हामीलाई समर्थन गरेको ठाउँमा उहाँहरुले रुख चिन्हमा मतदान गर्नुहुन्छ । यो त लिने पनि हो दिने पनि हो । पारस्परिक सहयोगबाट विन–विन अवस्था प्राप्त गर्ने हो । नेपाली काँग्रेस नि फाइदामा रहने । गठबन्धनमा रहेका अन्य दलहरु पनि परिणामको हिसावले फाइदामा रहने । र समग्रमा नेपाली काँग्रेसको नेतृत्व सु–स्पष्ट ढंगबाट विजय हासिल गर्ने अवस्था आउने हो । यो कुरालाई हामीले बुझाइरहेका छौँ । समग्र रुपमा केन्द्रबाट आह्वान गरेका छौँ । समानुपातिकतर्फ १६५ नै प्रतिनिधि सभामा, ३३० नै प्रदेश सभामा रुखमै मतदान गर्ने हो । त्यसमा कुनै गठबन्धन छैन । प्रत्यक्ष तर्फमात्रै गठबन्धन हो । प्रत्यक्षतर्फमा जे सहमति भएको छ नेतृत्व बीचमा, सहमति अनुसार हामीले एक–अर्कालाई मतदान गर्ने हो । यिनै कुराहरु बुझाइरहेका छौँ ।

    प्रश्नः मतदाताले आफ्नो उम्मेदवार नभएको ठाउँमा भोट लिने, दिने गर्न गाह्रो छ, यसमा अझैपनि जोडबल पुगिरहेको छैन भन्ने रिपोर्टिङ छ, त्यस्तो ठाउँहरुमा नेतृत्वले के गरिरहेको छ ?

    उत्तरः परिचालन कमिटी, प्रचार समितिले केन्द्रिय प्रतिनिधिहरु नै प्रत्यक्ष उम्मेदवार छैनन्, तर महत्वपूर्ण केन्द्रिय तहको नेता साथीहरु हुनुहुन्छ । उहाँहरुलाई हामीले खटाएका छौँ सम्बन्धित ठाउँमा । सम्बन्धित ठाउँको पार्टी संरचनाको मिटिङ राख्ने, अन्य दलहरुसँग पनि समन्वय गर्ने, हामीले सहयोग ग¥यौँ भने मात्रै उहाँहरुको पनि हामीले सहयोग पाउँछौ । सहयोग लिनु र दिनु आवश्यक छ । त्यो भयो भने मात्रै परिणाम हाम्रो पक्षमा हुन्छ । उम्मेदवार ज्यादा हुनुमात्रै ठूलो कुरा होइन । परिणाम ज्यादा ल्याउनु चाहीँ महत्वपूर्ण कुरा हो । पार्टी निर्वाचनमा जाने भनेकै बहुमत ल्याएर सत्तामा जानको लागि हो । सत्तामा हामी किन जान्छौँ भने हाम्रो नीति, कार्यक्रम कार्यान्वयन गरेर जनता र देशको सेवा गर्नका लागि हो । यी कुराहरु हामीले बुझाइराखेका छौँ । यद्यपी आफ्नै पार्टीहरु मात्रै लड्दाखेरी पनि केही असहयोग, असन्तुष्टि हुने गरेको छ । गठबन्धनमा त झन अलिकति समस्या आउँछ । तर मलाई लाग्छ, मुल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्ने भन्दापनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदाताहरुलाई पु¥याउने चुनौतीपूर्ण काम हो । पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छौं भन्ने हामीलाई विश्वास छ । ल ठिक छ हाम्रो दलको उम्मेदवार छैन तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा या विभिन्न रुप, रंगमा त्यही प्रवृत्तिलाई सहयोग गर्ने, स्वतन्त्रका रंग, अनेक रंग, रुपमा प्रकट भएका छन् । प्रवृत्ति एउटै हो । तिनीहरुलाई दिनुभन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरुलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न । खालि परिचालनको कोणबाट उम्मेदवारले वडा वडा पुगेर, परिचालित गरेर जुन जोड बल लगाउँछ नि, त्यसमा उम्मेदवार नहुँदा हाम्रो दलको नहुँदा हाम्रो दलको क्रियाशिल नहुने, अन्य दलको उम्मेदवार नहुँदा अन्य दलको क्रियाशील नहुने खतरालाई हामीले महशुस गरेर त्यसको यथेष्ट प्रवन्ध, परिचालित गरेर मतदाताहरुलाई पु¥याउने सम्पूर्ण कोशिस हामीले गरिराखेका छौँ ।

    प्रश्नः केही निर्वाचन क्षेत्रमा बागि उम्मेदवारी कायम नै रह्यो, अहिले नेतृत्वले ति उम्मेदवारका विषयमा के सोचिरहेको छ ? कारबाहीले मात्रै केही नहुने भयो भोट काटिने भएपछि ?

    उत्तरः यस्तो असन्तुष्टि, सिमित मात्रामा बिद्रोह एक्लै हामी चुनाव लड्दाखेरी पनि हुनेगथ्र्यो । केही न केही मार्जिन हामीले हरेक चुनावमा व्यहोर्नुपर्छ । तथापी अहिले गठबन्धनका बाबजुद, धेरै ठाउँमा हाम्रो उम्मेदवार नहुनाको बाबजुद, जुन धेरै बिद्रोह हुन्छ भन्ने मान्छेले अपेक्षा गरेका थिए त्यो भएन । जहाँ बिद्रोहमा उम्मेदवारी दिइयो । अधिकांश ठाउँमा उहाँहरुले फिर्ता लिनुभयो । उहाँहरुलाई हामीले चित्त बुझाउन, व्यवस्थापन गर्न सफल भयौँ । बाँकी जुन ठाउँमा बिद्रोह कायम रह्यो त्यहाँ कारबाहीको प्रक्रिया अगाडी बढेर निलम्वन, निष्कासन भइसकेको अवस्था छ । उनीहरु पार्टीमा नरहीसकेपछि पार्टीका समर्थक, शुभचिन्तक, मतदाताहरुले त्यही रुपमा उनीहरुले हेर्दैनन् । त्यसकारण उहाँहरुले क्षति गराउने सम्भावना अत्यन्त न्युन भएर जान्छ । कत्तिपनि हुँदैन भन्ने त कुरो भएन । केही थोरै त अवश्य पनि हुन्छ । अरु दलमा पनि त्यस्तो हुन्छ । त्यसको क्षतिपूर्ति बराबर नै हुन्छ । किनभने हाम्रो दलमा मात्रै त्यो खाले बिद्रोहको अवस्था छैन । हरेक दलमा केही न केही असन्तुष्टि छ, त्यो सन्तुलन हुन्छ भन्ने हामीले सोचेका छौँ ।

    प्रश्नः नेपाली काँग्रेसले यो निर्वाचनबाट कति संख्यामा विजय प्राप्त गर्छ ?

    उत्तरः ठ्याक्कै संख्या भन्नुभन्दा पनि मंसिर ४ मा नेपाली जनताले आफ्नो अभिमत प्रकट गर्छन् । त्यसलाई सिधै अवमूल्यन गरेर यति नै हुन्छ, उति नै हुन्छ भनेर भन्नुभन्दा पनि म के भन्न चाहन्छु भने हाम्रो आँकलनमा, हामीले बुझेसम्म, जानेसम्म अधिकांश सिटमा विजय प्राप्त गर्छौ । गठबन्धन दलका उम्मेदवारहरुको पनि धेरै संख्यामा उहाँहरु निर्वाचित भएर आउनुहुन्छ । त्यही अनुपातमा प्रदेश सभामा पनि निर्वाचित भएर आउनुहुन्छ । हाम्रो समानुपातिकतर्फको मत घट्दैन । केही बढ्ला । यद्यपी उम्मेदवार नभएको ठाउँमा त्यो चुनौतीलाई हामी वैकल्पिक प्रवन्ध गरिराखेका छौँ । त्यो कम नहोस् भनेर, बढ्छ नै । समग्रमा हामी सु–स्पष्ट बहुमत प्रतिनिधि सभामा पनि ल्याउँछौँ, समानुपातिक र प्रत्यक्ष जोडेर र प्रदेश सभाहरुमा पनि सातवटै प्रदेशहरुमा हामी सु–स्पष्ट बहुमत ल्याउँछौँ ।

    प्रश्नः सरकार गठबन्धनकै बन्छ भने प्रधानमन्त्री को हुन्छ भन्ने ठूलो चासो छ, तपाईहरुको पार्टी सभापति नै हो कि ? गठबन्धन दलका अन्य शीर्ष नेताहरुले इच्छा व्यक्त गरेको सुनिन्छ, अझ पार्टी भित्रका केही युवा नेताले आफूलाई तयार गरेको समाचार आइरहेको छ, तपाईहरुको बुझाइ र तयारी के हो ?

    उत्तरः स्वभाविक रुपमा गठबन्धनको नेतृत्व नेपाली काँग्रेसले गरेको छ । १६५ सिटमा ९१ सिट काँग्रेसले लड्ेको छ । बाँकी ४ दलले ७४ सिट लडेको छ । त्यसबाट नै नेतृत्वदायी भुमिका नेपाली काँग्रेसकै हो भन्ने स्वभाविक नै छ । नेपाली काँग्रेसको स्वभाविक नेतृत्व वर्तमान प्रधानमन्त्री र नेपाली काँग्रेस सभापति देउवाजी नै हुनुहुन्छ भन्नेपनि सु–स्पष्ट छ । किनकी अहिले देशले जोड्ने नेतृत्व खोजेको छ । पार्टीभित्र पनि सर्वसहमतिबाट, कसैलाई पनि चित्त नदुखाइकन निर्णय गरिरहनुभएको छ । चाहे गठबन्धनको निर्णय होस् । चाहे टिकट वितरण गर्ने निर्णय होस् । त्यतिमात्रैले नपुगेर उहाँले अन्य दलहरुलाई पनि विश्वासमा लिएर कुनै गुनासो रहने ठाउँ दिनुभएको छैन । अहिलेको आवश्यकता पनि त्यो हो । धेरै कुरामात्रै गर्ने नेतृत्वभन्दा खुरुखुरु काम गर्ने नेतृत्वको अहिले आवश्यकता छ । यद्यपी बजारमा अनेक खाले कुराहरु गरिन्छ । सामाजिक सञ्जालको जमानामा । त्यसलाई अन्यथा लिनेकुरा छैन । तर वास्तविकता के हो भने यही नै हो । फेरि शेरबहादुरजीको स्वभाव के छ भने आफूलाई म हुँ भनेर नभनिरहने स्वभाव । सबैको विश्वास जितेर अगाडी बढ्ने स्वभाव । अस्ति प्रचण्डजीले नै भन्नुभयो नि कि नेतृत्वको समस्या नै छैन हाम्रो बीचमा । मेरो पनि इच्छा होला तर शेरबहादुरजीले यो कारणले यसो गरौँ भनेपछि मैले नाइँ गर्दिनँ । मैले पनि केही भने उहाँले पनि नाइँ नगर्नुहोला । त्यो किसिमको केमेस्ट्रि र विश्वास अहिलेको यो गठबन्धनमा भएको हुनाले मलाई लाग्दछ, नेतृत्वको विषयमा समस्या छैन । औपचारिक रुपमा घोषणा गर्ने, नगर्ने भन्ने कुरो चाहीँ संसदीय व्यवस्थामा कहिले गरिन्छ पनि । कहिले नगरेर निर्वाचन पछि पनि हुने गर्दछ । खालि यसलाई औपचारिक रुपमा घोषणा हुने कि नहुने, गर्ने कि नगर्ने भन्ने कुरा मात्रै हो । तर स्वभाविक नेतृत्व नेपाली काँग्रेसको । र स्वभाविक नेपाली काँग्रेसको नेतृत्व शेरबहादुरजीको हो ।

    प्रश्नः गगन थापा लगायतका नेताहरुले दिएको अभिव्यक्तिकै कुुरा गरौँ, प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नेकुरा होस् चाहे संसदीय दलमा म लड्छु भनेर बाहिर आएका कुराहरु, त्यस्ता कुराहरुले निर्वाचन अघि केही न केही महत्व राख्छन्, यो कुरालाई कसरी लिनुभएको छ ? की यी कुराहरु गौण हुन् पार्टीका लागि ?

    उत्तरः मलाई लाग्दछ, अहिले हामी सबैले केन्द्रित हुनुपर्ने निर्वाचनमा हो । निर्वाचनमा केन्द्रित भएर निर्वाचित भएर आउने । आफू पनि निर्वाचित भएर आउने र ज्यादाभन्दा ज्यादा पार्टीका साथीहरुलाई निर्वाचित गराउने । हाम्रो पार्टीको नेतृत्व, पदाधिकारी जो आफूलाई पार्टीको नेता हुँ भन्नुहुन्छ, हामी सबैको कर्तव्य र जिम्मेवारी त्यो हुनुपर्दछ भन्ने मलाई लाग्छ । र कसलाई के हुन मन लागेको छ, पार्टी पहिला जित्नुप¥यो । गठबन्धनले जित्नुप¥यो । र पार्टीले जितेपछि पनि संसदीय दलबाट संसदीय दलको नेतृत्व चुनिन्छ । त्यहाँ हाम्रो कुनै एकाधिकारवादी, अधिनायकवादी, एउटा नेताले जे भन्छ त्यो हुने पार्टी त होइन । यसको विधान छ । व्यवस्था छ । संसदीय प्रक्रिया छ । त्यहाँ जो कोहीलाई पनि जसलाई म यो हुन चाहन्छु, म यसको नेतृत्वमा जान चाहन्छु भन्ने जसलाई लाग्छ उहाँले त्यहाँ उम्मेदवारी दिन पाइहाल्नु हुन्छ नि । त्यसकारण अहिले त्यसका बारेमा बाजा बजाएर हिँड्नुपर्ने कुनै आवश्यकता ठान्दिनँ । त्यसले कुनै पार्टीको पक्षमा माहोल बन्ने र पार्टीको हीत हुने मैले देख्दिनँ । त्यसकारण मैले के बुझ्न सकेको छैन भने यो कुरो भनिरहनुपर्ने आवश्यकता के कारणले परेको छ ? स्वयम् पार्टीको नेतृत्व गरिरहनुभएको पार्टीका सभापति अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ । उहाँले भनिरहनुभएको छ । भनिसकेपछि अरुलाई होइन म हुन्छु, म हुन्छु भनिरहनुपर्ने आवश्यकता किन प¥यो त्यो मलाई थाहा छैन । तर पार्टीका समग्र कार्यकर्ता, शुभचिन्तक, समर्थक पंक्तिको ध्यान अहिले के छ भने कसरी बढीभन्दा बढी पार्टीको उम्मेदवारहरुलाई जिताउने, र गठबन्धनका उम्मेदवारहरुलाई जिताउने । र हाम्रो सु–स्पष्ट बहुमत ल्याएर उल्टो गतीमा देशलाई लाने, अहिलेसम्मको उपलब्धीहरुलाई कमजोर गर्ने प्रवृत्तिहरु विभिन्न रुप, रंगमा प्रकट भएको छन् । त्यो प्रवृत्तिलाई परास्त गर्ने । हाम्रो सम्पूर्ण ध्यान त त्यतातिर पो जाने हो । अहिले हामीले हाम्रो ध्यानलाई विकेन्द्रित गर्नुपर्ने र व्यक्तिगत रुपमा म यसको लायक हुँ, उसको लायक हुँ भन्नुपर्ने म देख्दिनँ ।

    प्रश्नः समानुपातिकतर्फको मत बढाउनको लागि काँग्रेसले कहाँ–कहाँ, के – के गर्नुपर्छ र काँग्रेसजनले के–के गर्नुपर्छ ?

    उत्तरः पहिलो कुरा त मैले प्रत्यक्ष उम्मेदवार साथीहरुलाई पनि भनेको छु, सबैको ध्यान आफूप्रति नै केन्द्रित हुन्छ । त्यो अस्वभाविक पनि होइन । तर हरेक निर्वाचनमा आमसभा, कोणसभा, घरदैलो, भेटघाट, अन्तरक्रिया यी सबै ठाउँहरुमा प्रत्यक्षका उम्मेदवारहरुले दुई किसिमको निर्वाचन प्रणाली छ । एउटा प्रत्यक्ष बाट क्षेत्रबाट निर्वाचित हुने । अर्को देशभरीबाट प्रतिनिधि सभाको लागि पार्टीलाई आउने मतबाट निर्वाचित हुने । प्रदेश सभामा प्रदेशभरीको पार्टीलाई आएको मतबाट निर्वाचित हुने व्यवस्था छ । त्यसो हुनाले प्रत्यक्षमा पार्टीको तर्फबाट म उम्मेदवार भएको छु । मलाई मत दिनुहोस् । सँगसँगै समानुपातिकतर्फ देशभरी र प्रदेशभरी पार्टीले उम्मेदवार खडा गरेको छ । बढीभन्दा बढी उहाँहरुलाई जिताउनको लागि पार्टीको पक्षमा र नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएर विजय गराउनको लागि आम मतदाताहरुलाई अनुरोध गर्ने काम उम्मेदवार साथीहरुले पनि गर्नुपर्छ । नयाँ मतदाताहरुलाई शिक्षा दिनु पनि जरुरी छ । समानुपातिकको लागि पनि जनताकै मत चाहिन्छ । जनताकै मतबाट चुनिने हो समानुपातिक उम्मेदवारहरु पनि । खालि फरक के हो भने प्रत्यक्षतर्फ, क्षेत्रगत जसले बढी मत ल्यायो त्यो निर्वाचित भएर जान्छ । समानुपातिकतर्फ प्रतिनिधि सभामा देशैभरबाट जति ज्यादा पार्टीलाई मत आयो उति ज्यादा संख्यामा उम्मेदवारहरु निर्वाचित भएर जान्छन् । त्यस्तै गरेर प्रदेश सभामा पनि प्रदेशबाट जति ज्यादा मत आयो उति ज्यादा उम्मेदवार विजय भएर जान्छन् । नयाँ मतदाता साथीहरुलाई धेरै यो विषयमा गहिरो रुपमा थाहा नभएको पनि हुन सक्दछ । र हाम्रो पार्टी पंक्ति टोल, वडा, क्षेत्र, जिल्ला लगायत तमाम पार्टीका साथीहरु र प्रत्यक्षतर्फका उम्मेदवार साथीहरु र समानुपातिकतर्फ पनि देशैभरी उम्मेदवार हुनुभएको छ । साथीहरुलाई पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु । आव्हान गर्न चाहन्छु । प्रत्यक्ष र समानुपातिक दुई वटैबाट निर्वाचित हुने हाम्रो लागि उत्तिकै महत्वपूर्ण कुरा हो । त्यही महत्वका साथ हाम्रो प्रत्यक्ष उम्मेदवार नभएको ठाउँमा पनि पार्टीपंक्ति पूरै परिचालित भएर पार्टीको पक्षमा मतदान गर्न म अनुरोध गर्न चाहन्छु ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend