logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चिनियाँ राष्ट्रपति र फ्रान्सेली राष्ट्रपतिबीच भेटवार्ता

    चिनियाँ राष्ट्रपति र फ्रान्सेली राष्ट्रपतिबीच भेटवार्ता

    2.2K
    Shares
    चिनियाँ राष्ट्रपति र फ्रान्सेली राष्ट्रपतिबीच भेटवार्ता

    एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग भेटवार्ता गरेका छन् । विगत तीन वर्षमा दुई पक्षले विभिन्न माध्यमबाट घनिष्ठ सम्बन्ध बनाएको बताइएको छ । यसै कारण चीन–फ्रान्स सम्बन्धले विकासको सकारात्मक गतिलाई कायम राखेको छ । यी दुई नेताले देशले महत्वपूर्ण सहयोगमा सकारात्मक प्रगति गरेको औंल्याइएको छ ।

    हाल विश्व अशान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै सीले बहुध्रुवीय विश्वका दुई महत्वपूर्ण शक्ति चीन र फ्रान्स, चीन र ईयूले स्वतन्त्रता र स्वायत्तताका साथै खुलापनको भावनालाई पालना गर्नुपर्ने बताए।

    द्विपक्षीय सम्बन्धलाई सही मार्गमा स्थिर प्रगति गर्न र विश्वमा स्थायित्व र सकारात्मक ऊर्जा सहयोग गर्न पनि उनीहरुबीच वार्ता भएको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend