logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि गठबन्धनले जित्नै पर्छः अध्यक्ष प्रचण्ड

    संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि गठबन्धनले जित्नै पर्छः अध्यक्ष प्रचण्ड

    4K
    Shares
    संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि गठबन्धनले जित्नै पर्छः अध्यक्ष प्रचण्ड

     

    नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नै पर्ने बताएका छन् । मंगलबार पश्चिम नवलपरासीको बर्दघाट चौपत्तामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले देशमा सुशासन र विकासमार्फत राजनीतिक परिवर्तनलाई संस्थागत गर्न जरुरी रहेको बताए ।

    ‘लोकतन्त्रको रक्षा गर्न र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन यो गठबन्धनबाहेक अरू कुनै विकल्प छैन, त्यसैले पनि गठबन्धनका उम्मेदवारहरू विजयी हुन जरुरी छ’, प्रचण्डको भनाइ छ । उनले मलखादको समस्या समाधान गर्न मलखाद कारखाना खोल्न सरकार गम्भीर भएर लाग्ने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend