logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुपन्देही सुकुम्बासी बस्तीका मतदाताको मागः लालपूर्जा र रोजगारी

    रुपन्देही सुकुम्बासी बस्तीका मतदाताको मागः लालपूर्जा र रोजगारी

    5.2K
    Shares
    रुपन्देही सुकुम्बासी बस्तीका मतदाताको मागः लालपूर्जा र रोजगारी

    काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मोतीपुरस्थित सुकुम्बासी बस्तीका मतदाताहरुले लालपूर्जा दिन प्रतिवद्ध उम्मेदवारलाई आफूहरुले मतदान गर्ने बताएका छन । उनीहरुले रोजगारीको अवसर सृजना गरिदिन पनि राजनीतिक दलका उम्मेदवारहरुसँग आग्रह गरे । खानै नपाउने अवस्था भएकाले आफूहरुलाई रोजगारीको अवसर सृजना गर्नुपर्ने उनीहरुको माग छ । लामो समय बस्दा पनि उनीहरुले लालपूर्जा नभएकाले यो निर्वाचनबाट विजयी हुने सांसदले आफूहरुलाई त्यसको व्यवस्था गर्नुपर्नेमा स्थानीयको जोड छ ।

    दिनभर काम गर्दा पनि खान पाउने अवस्था नरहेको पनि त्यहाँका मतदाताको गुनासो छ । उनीहरुले देश भित्रै रोजगारीको अवसर सृजना गरेर जनप्रतिनिधिहरुले आफूलाई राहत दिनुपर्ने बताएका छन । यस क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनु भएको छ भने विपक्ष एमाले र जनता समाजवादी पार्टीको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा हुनुहुन्छ । नेताहरुले विगतमा जस्तो चुनावी प्रचार अभियानलाई तीव्रता नदिएको केहीले बताएका छन । ३÷४ वर्ष अघि जस्तो चुनावको प्रचार अभियानले तीव्रता नपाएको स्थानीयले बताएका छन ।

    त्यहाँका मतदाताहरुले घर सल्लाह गरेर मतदान गर्ने प्रतिक्रिया समेत दिएका छन । अव निर्वाचनको लागि मतदान गर्न ४ दिन मात्रै बाँकि छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend