logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

    3K
    Shares
    छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

    काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–७ दुर्गापुरस्थित सडकमा को.१ ख ६७९४ नम्बरको बसले मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलमा सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनाली छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    महोत्तरीको बर्दीबास नगरपालिका–१२ अकनटोलस्थित सडकमा ना.८ ख. ५३३५ नम्बरको टिपरले ज.१२ प. ३००६ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका–८ बस्ने २१ वर्षीय विजयकुमार महतो कोइरी छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–१० मंझरियास्थित सडकमा हाल नम्बर नखुलेको ट्रयाक्टरले लु.८३ प. ३०८२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका–६ घर भएका ३७ वर्षीय सर बहादुर चिदी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जनालाई मेडिकल कलेज भैरहवा लगिएकोमा एक जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । –न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend