logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपाल टेलिकमले ३ महिनामा कमायो १० अर्ब ९५ करोड

    नेपाल टेलिकमले ३ महिनामा कमायो १० अर्ब ९५ करोड

    2K
    Shares
    नेपाल टेलिकमले ३ महिनामा कमायो १० अर्ब ९५ करोड

     

    काठमाडाैं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक (साउनदेखि असोज) सम्ममा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ आम्दानी गरेको छ । टेलिकमले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा गरेको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८० प्रतिशत मात्रै बढी हो ।

    टेलिकमले यो वर्षको पहिलो चौमासिकमा गत वर्षभन्दा ८ करोड ७७ लाख ४३ हजार बढी आम्दानी गरेको छ । गत वर्ष यस्तो आम्दानी १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ थियो ।

    गत आवको प्रथम त्रैमासिकमा (२०७८ असोज मसान्त) सम्ममा कम्पनीको कूल सञ्चालन आय ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार थियो । यस्तो आय चालू आवको सोही अवधि (२०७९ असोज मसान्त) सम्ममा ६९ करोड ७७ लाख ९ हजारले कम भएको टेलिकमले जानकारी दिएको छ ।

    गत आवको प्रथम त्रैमासिक अवधिसम्म टेलिकमले खुद मुनाफा २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ गरेको थियो । यस्तो नाफा चालू आवको सोही अवधिसम्ममा आइपुग्दा ३ करोड ४३ लाख ८० हजार रुपैयाँले घटेको तथ्यांकले देखाएको छ ।

    चालू आवको पहिलो त्रैमासिकमा टेलिकमको नाफा परिवर्तन हुनुको प्रमुख कारण सञ्चालन आयमा वृद्धि हुनु रहेको छ । टेलिकमले डाटा सेवाको प्रयोगमा वृद्धि भएका कारण जीएसएम डाटातर्फ करीब ११ करोड ४० लाख वृद्धि भएको देखिएको छ तर यो अवधिमा भएको कार्यसञ्चालन आयमा कमीले गर्दा यसको आय १० करोडले घटेको छ । अन्तर आवद्धता सम्बन्धी निर्देशिकाअनुसार आन्तरिक र अन्तर आवद्धता शुल्कमा कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर आवद्धता आयमा कमी आएको टेलिकमले बताएको छ ।

    पछिल्लो समय टेलिकमको गैर कार्य सञ्चालन आयमा बैंक ब्याजदरमा मार्फतको आम्दानी ७९ करोडले बढेको, विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण७ करोड विदेशी विनिमयमार्फत लाभ गरेको पनि टेलिकमले बताएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend