logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाललाई पछि धकेल्ने एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्छः अध्यक्ष प्रचण्ड

    नेपाललाई पछि धकेल्ने एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्छः अध्यक्ष प्रचण्ड

    5K
    Shares
    नेपाललाई पछि धकेल्ने एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्छः अध्यक्ष प्रचण्ड

    मोरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् । मोरङ ६ (१) सुन्दरहरैंचा ७ को गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।

    प्रचण्डले नेपाललाई पछि धकेल्नेहरूको एमाले नेतृत्वको गठबन्धनलाई पराजित गर्नुपर्ने बताए । गठबन्धनले आर्थिक समृद्धि ल्याउने दाबी गर्दै उनले सुशासन पनि कायम गरिने बताए ।

    देशभरी गठबन्धनको पक्षमा लहर आएको बताउँदै उनले गठबन्धन दशकौं पछिसम्म जान्छ । पूर्वाञ्चल विश्वविद्यालय को मेडिकल कलेज सञ्चालन गर्ने, गछियार बुढीखोलामा तटबन्धन निर्माणगर्ने, सुकुम्वासी समस्या समाधान गर्न लालपूर्जा बाँड्ने उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend