logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकारः मन्त्री भुसाल

    आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकारः मन्त्री भुसाल

    2.2K
    Shares
    आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा गठबन्धन सरकारः मन्त्री भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि सङ्घ र सातै प्रदेशमा गठबन्धनको स्थायी सरकार बन्ने दाबी गरेकी छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत आज ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका–१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान थालनी गर्ने बताइन् ।

    राष्ट्रिय आवश्यकताका आधारमा वर्तमानमा गठबन्धन बनेको उल्लेख गर्दै उनले परिवर्तनका शक्तिको बलियो सम्बन्ध, दायित्व र जिम्मेवारीले बाम–लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारिन् । “कसैले भ्रम छरेर गठबन्धन टुट्ने छैन”, उनले भनिन्, “गठबन्धनले आगामी पाँच वर्ष सङ्घ र प्रदेशमा स्थायी सरकार दिनेछ ।”

    आगामी मङ्सिर ४ गते जनताले गठबन्धनको पक्षमा मतदान गरेर संविधानलाई थप बलियो बनाउने उनको भनाइ छ । “जनताले लोकतन्त्र र संविधानलाई बलियो बनाउने छन्”, ललितपुर क्षेत्र नं ३ का उम्मेदवार भुसालले भनिन्, “मुलुकलाई अग्रगति दिँदै अबको पाँच वर्षमा जनताको अपेक्षा पूरा गर्नेछौँ ।” उहाँले तीनै तहका सरकारको उचित समन्वय र सहकार्यबाट भौतिक पूर्वाधार र आर्थिक विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

    कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मुलुकमा विकास र समृद्धिको यात्रा अगाडि बढाउन गठबन्धनको जित आवश्यक भएको बताइन् । उनले गठबन्धनका उम्मेदवार विजयी भए स्थानीय तहमा आफूहरुलाई काम गर्न सहज हुने बताइन् । “हामीले पाँच वर्षको अवधिमा जुन काम ग¥यौँ, त्यो कामको रफ्तार अझ अभवृद्धि हुनेछ । जनतालाई अझ बढी विकास र सेवाप्रवाहको अनुभूति दिलाउन सकिन्छ”, उनले भनिन् ।

    स्थानीय तहका कामकारबाहीलाई प्रभावकारी बनाउन सङ्घ र प्रदेश सरकारको सहयोग आवश्यक पर्ने भन्दै उनले सङ्घीयतालाई बलियो बनाउने शक्तिलाई निर्वाचनमा विजयी गराउनुपर्ने बताइन् । “ललितपुर क्षेत्र नं ३ मा गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेकालाई जनताले विजयी गराउनुपर्छ”, उनले भनिन्, “गठबन्धनका उम्मेदवार विजयी भए मात्र हामीलाई महानगर, नगरपालिकाका सहज ढङ्गबाट काम गर्न सहज हुन्छ ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend