काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको बताएका छन् । बुधवार नेपालकै पहिलो बैंक नेपाल बैंकको ८६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले १४ महिनापछि मुलुकको ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ देखिएको बताएका हुन् ।
आन्तरिक तथा बाह्य कारणले गर्दा केही समय समस्या देखिएपनि राष्ट्र बैंकले केही पोलिसीमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आएको उनको भनाइ छ ।
गत सालभर जस्तो हामीले निकै तरलताको अभाव झेल्नु पर्यो । समग्र अर्थतन्त्रलाई नै सुधार गर्नु पर्ने हामीलाई दबाब थियो । यसले गर्दा पनि हामीले कडा पोलिसीहरु ल्याउनुपर्यो अधिकारीले भने, सोही पोलिसीले विस्तारै अर्थतन्त्र सुधारोन्मुख हुँदैछ ।’